काठमाडौँ – केही दिनयता घट्दै गएको सुनको मूल्यमा आइतवार वृद्धि भएको छ । शुक्रवारको तुलनामा आइतवार सुनको मुल्य ३ सयले बढेर ९७ हजार २ सयमा कारोवार भइरहेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतवार सुनको मुल्य वृद्धि भएपनि चाँदीको मुल्य भने यथावत रहेको छ । आज पनि बजारमा चाँदी प्रतितोला १३ सय ४० ले कारोवार भइरहेको छ ।


ADVERTISEMENT

# # #


महासंघकाअनुसार आइतवार बजारमा तेजाबी सुन भने प्रतितोला ९६ हजार ७ सयले कारोवार भइरहेको छ ।