काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये ३३४ जना महिला र ५९३ जना पुरुष गरी ९२७ जना रहेका छन् ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १० हजार २ सय २९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ६ लाख ५८ हजार १ सय १० वटा पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ८ हजार ९ सय ३९ जना रहेका छन् भने १६ हजार १९ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ६ हजार ४ सय ४६ जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार ५ सय ७३ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म २० हजार २४२ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा १६९ जना निको भएका छन् ।

कुल संक्रमित मध्ये १९५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।