काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा गरेको निशेधाज्ञाको पालना नगरी अनलाइन डेलिभरी सेवा सञ्चालन गरेको भन्दै प्रहरीले अनलाइन डेलिभरी तथा ई–कमर्श कम्पनी सञ्चालकालाई पक्राउ गरेको छ । बिहीवार काठमाडौँका विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले यस्ता कम्पनीका सञ्चालक र चालक सहित ६५ जनालाई सञ्चालकालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


सरकारले अत्यावश्यक सेवाबाहेकलाई निशेध गरेकोमा यस्ता कम्पनीले निशेधाज्ञामा पनि सेवा सञ्चालन गरेका थाहा पाएपछि काठमाडौँका विभिन्न स्थानबाट खटिएको प्रहरीले सञ्चालकालाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता सोबेन्द्रसिँह ठाकुरले सवारी चलाएर अनलाइन सेवा सञ्चालन गर्ने यस्ता कम्पनीका सञ्चालकलाई कारवाही गरिएको जानकारी दिए । उनकाअनुसार फुडमाण्डु, भोजडिल, सोचेको लगायतका विभिन्न कम्पनीका सञ्चालकहरुलाई पक्राउ गरिएकोमा एकपटकको चेतावनीपछि उनीहरुलाई छाडिएको छ ।


ADVERTISEMENT

# # #