काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालमा कोरोना संक्रमणको शुरुवात मात्र भएको र अवस्था भयावह हुन बाँकी रहेको बताएको छ ।


ADVERTISEMENT


डब्लुएचओका नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा परिस्थिति अझ् नराम्रो हुने बताएका हुन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलाई अन्तरवार्ता दिँदै भ्यानडिलिएर भने, ‘नेपालको अवस्था अहिलेको भन्दा अझ खराब हुनसक्ने देखेका छौँ ।’


ADVERTISEMENT

# # #


उनले आगामी एक महीनामा कोरोना संक्रमण उच्च हुने बताए । कोरोना संक्रमणको बढ्दो जोखिमलाई न्यूनिकरणका लागि सरकार–निजी क्षेत्र साझेदारी गरी अघि बढ्नुपर्ने उनले बताए ।