काठमाडौं – सरकारले नेपाल विधुत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई दोहोर्‍याएको भन्ने हल्ला गलत भएको पुष्टि भएको छ ।


ADVERTISEMENT


आज बसेको मन्त्रीपरिषद बैठकमा सो सम्बन्धी प्रस्ताव नै नलगिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीले हिमालय पोष्टलाई जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्को बैठकले कुलमानलाई पुनः नियुक्ति गरेको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलाएका थिए ।

कुलमानको चार वर्षे कार्यकाल यही महिना सकिँदैछ । उनले आफ्नो कार्यकालमा नेपाललाई लोडसेडिङमुक्त बनाउँदै वर्षौँ देखि अर्बौं घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्‍याएका छन् ।