काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता गोविन्द रञ्जितको निधनप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेस काठमाडौं महानगरपालिका वडा–२१ कार्यसमितिका सभापति रञ्जितको उपचारका क्रममा आज ६७ वर्षको उमेरमा बिहान निधन भएको हो ।


ADVERTISEMENT


सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । विसं २०३६ देखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।


ADVERTISEMENT

# # #