काठमाडौँ – आर्थिक वर्ष २०७६÷७७ मा महँगी ६.१५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा औषत मुद्रास्फीति सो बराबरको भएको छ ।


ADVERTISEMENT


गत आवमा खाद्य तथा पेय पदार्थको मूल्य ८.१६ प्रतिशतले बढेको छ भने गैरखाद्य वस्तुको वार्षिक मुद्रास्फीति ४.६१ प्रतिशतले भएको छ । अघिल्लो अवमा खाद्य तथा पेयको मुद्रास्फीति ३.९ प्रतिशत र गैरखाद्य वस्तुको मुद्रास्फीति ५.८६ प्रतिशत थियो ।


ADVERTISEMENT

# # #


अघिल्लो आवमा समष्टिगत रुपमा सबै क्षेत्रमा मुल्यवृद्धि भएपनि उपभोग क्षमतामा भने कमी आएको छ । कोरोना महामारीका कारण चैतयता भएको बन्दाबन्दीका कारण अधिकांशको रोजगारी गुमेको, आम्दानी रोकिएको र अर्थतन्त्र ऋणात्मक भएका कारण उपभोग क्षमतामा कमी आएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।