काठमाडौँ – जनकपुर जयनगर (३५ किलोमिटर) सञ्चालन हुने दुईवटा डिजेल इलेक्ट्रिक मल्टिपल युनिट (डेमु) रेल तयार भएका छन् । सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै रेल विभागका महानिर्देशक बलराम मिश्रले एउटा रेल पटना आइपुगेको जानकारी दिए ।


ADVERTISEMENT


उनले भने, ‘अर्को रेल आगामी एक महीना भित्र आइपुग्छ अवस्था सामान्य भएमा दुबै रेल चलाउने तयारी अघि बढाएका छौं ।’ उनकाअनुसार विभागले २५ जना प्राविधिक पनि रेल सञ्चालनका लागि भारतबाट ल्याउने प्रक्रिया अघि बढाइसकेको छ ।


ADVERTISEMENT

# # #


हाल पटनामा रेल राखिएकोमा कोरोना संक्रमण कम भएपछि मात्र जयनगरमा रेल ल्याइने उनले बताए । रेल भारतको मद्रासमा रहेको भारतीय सरकारी कम्पनी कोन्कन रेलवे कर्पोरेशनले बनाएको हो । ५ वटा पछाडि र २ अगाडि गरी ७ वटा डिब्बा भएका यी रेलमा हरेक डिब्बामा १०० जना यात्रुले यात्रा गर्न सक्नेछन् ।