काठमाडौँ – कोरोना भाइरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमाथि दुव्र्यबहार गर्नेलाई कारवाही गर्न नेपाल तरुण दलले माग गरेको छ ।


ADVERTISEMENT


 

तरुण दलले विज्ञप्ति निकाल्दै शनिवार बानेश्वरमा स्वास्थ्यकर्मीमाथि दुव्र्यबहार गर्नेलाई कारवाही गर्न माग गरेको हो । कोरोना भाइरसब संक्रमितलाई देशका विभिन्न ठाउँमा दुव्र्यबहार बढ्दै गइरहेकोमा पछिल्लो समय दुव्र्यबहार स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनमा बसेर सेवा दिने पेशा र समुदायप्रति पनि बढ्दै गइरहेको छ ।


ADVERTISEMENT

# # #


 

यसै क्रममा शनिवार बानेश्वरको लर्डबोर्ड होस्टलमा बसिरहेका सिभिल अस्पतालका डाक्टरमाथि दुब्र्यबहार भएको थियो । स्थानियले होस्टल घेरेर टोलमा स्वास्थ्यकर्मी नराख्न भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गा प्रहार गरेका थिए ।