काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका क्रममा बाँकी रहेको २ नम्बर प्रदेशमा ह’न गईरहेको निर्वाचनको माहोल पहिले भन्दा अलि भिन्न छ । लामो समयको राजनीतिक एजेन्डाको लडाईँ पश्चात राष्ट्रिय जनता पार्टी ( राजपा ) निर्वाचनमा जान राजि भएसंगै तराई मधेशमा पहिलो पटक सबैको सहभागिता सहित चुनावको पर्ब लागेको छ ।


ADVERTISEMENT


चुनावी मैदानमा होमिदै गर्दा राजपाले राजनीतिक घोषणा पत्र समेत सार्बजनिक गरेको छ  । घोषणा पत्रमा सबै स्पष्ट बन्न’पर्ने र राजपाको राजनीतिक लाईनमा छर्लङ्ग बन्नपर्ने राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाको अनुरोध छ  ।


ADVERTISEMENT

# # #


राजपाको बिचार र अभिब्यक्तिमा तराई मधेशका जनताहरुले बास्तबिक यतार्थता ब’झेर नै २ नम्बर प्रदेशको निर्वाचनमा अभिमत ब्यक्त गर्न आधारशिला खडा हुनेछ ।

लामो समयको राजनीतिक रस्साकस्सी पछि किन चुनावी निकास खोजियो त ? अन्य दलहरुसंगको राजनीतिक लडाई र सहकार्य के हो ? यावत प्रश्नमाथि राजपासंग जनताले जवाफ खोजिरहेका छन् ।

‘सबै बिषयलाई हामिले प्रष्ट नै पारिसकेका छौं, घोषणापत्रले पनि सबै बोलेकै छ’ उनले भने ‘यसअघि देखिको लडाईको राजनीतिक निकासका रुपमा निर्वाचन मार्फत जनताको अभिमत सहित अब हामी अघि बढ्दैछौं ।’

 

राजपा – दलहरुसंगको सम्बन्ध

राजपा – काँग्रेस

राजनीतिक सिद्धान्तका आधारमा राजपा काँग्रेससंग नजिक छ। लोकतन्त्र, गणतन्त्रको यात्रामा राजपा काँग्रेससंग सहकार्य गरिनै रहेको छ । राजपाका सिद्धान्तगत बिषयहरु काँग्रेससंग धेरै मेल खाने गर्छन । तर राजनीतिक एजेन्डाहरुमा  भने राजपाको धार काँग्रेस भन्दा फरक हुने गरेको छ। समयको माग र राजनीतिक परिस्थितीले यी दुई पार्टीको हिमचिम निर्धारण हुने गर्छ ।

राजपा – एमाले

अहिले राजपा र एमालेको दूरी बढी देखिन्छ । एजेन्डागत बिषय र राजनीतिक सिद्धान्तका कुराहरु मा समेत एमाले र राजपाको निकै अन्तर र मतभिन्नताहरु भेटिन्छ  । एमालेलाई राजपाले बिखण्डनबादी र राजनीतिमा बेमेल ल्याउने दलका रुपमा देख्छ । एमालेले उठाईरहेको राष्ट्रियताको बिषयलाई खोक्रो राष्ट्रबादको शज्ञा दिईरहेको छ  । सहकार्यको बिषय टाढा देखाउँदै तराई मधेशमा उल्टो प्रतिस्पर्धीका रुपमा राजपाले एमालेलाई हेरेको छ ।

राजपा – माओबादी केन्द्र

सिद्धान्तहरुमा निकै ठूलो अन्तर देखिन्छ राजपा – माओबादी केन्द्रका बीच । तर राजनीतिक एजेन्डाहरुका बिषयमा भने राजपा बिगत देखि नै माओबादी केन्द्रसंग नजिक छ  । परिवर्तनका बिषयहरुमा र अधिकार प्राप्तिका श्रृङखलाहरु मा माओबादी र राजपाको सहकार्य नै देखिन्छ । मधेश आन्दोलनको जग नै माओबादी जनयुद्ध भनिरहँदा जनताका अधिकार र राजनीतिक एजेन्डाहरुको लडाई, कार्यान्वयन र ब्यवहार सम्म नै राजपाले माओबादीलाई संगै भेट्ने गरेको छ  । तर समाजबाद, साम्यबादको सिद्धान्तमा भने राजपाको बिचार सिद्धान्त १ सय ८० डिग्रिकै फरक छ । पछिल्लो समय माओबादी भित्र देखिएको कमजोर राजनीतिक गति र अबिश्वासले गर्दा राजपाको हेर्ने दृष्टिकोणमा समेत माओबादी प्रति राजनीतिमा अडान भेटेको छैन  । समाज र जनतालाई कसरी समृद्ध बनाउने, अधिकार प्राप्ति र रक्षाका लागि कसरी शसक्त बनाउने भन्ने बिषयमा राजपाको आफ्नै लोकतान्त्रिक धार छ  ।

राजपा – नयाँ शक्ति

नेतृत्वमा बिचलन आएको र राजनीतिक बिचार सिद्धान्त नै हराएको पार्टीका रुपमा राजपाको नयाँ शक्ति माथिको बुझाई छ । राजनीतिक मानसिकतालाई भड्काउने र बीचबाटोमै जनतालाई रुमल्याउने कर्म गरेको भन्दै नयाँ शक्तिसंग राजपाको बेजोड बेमेल छ ।

राजपा – अन्य दल

उपेन्द्र यादब नेतृत्वको फोरम माथि राजपाको आक्रोस छ । राजनीतिक एजेन्डा, सिद्धान्तमा बिजचल ल्याएर जनतालाई सोझै झुक्याउँदै स्वार्थको राजनीतिक गरेको भन्दै राजपाको गम्भिर आरोप फोरम नेपाल प्रति छ  ।

अन्य दलहरुहरु प्रति राजपाको दृष्टिकोण समेत राजनीतिक एजेन्डा, समय र जनताको आवश्यकता तथा मागका आधारमा समय सापेक्ष देखिएको छ । तराई मधेशसंगै समग्र देशकै जनताको अधिकार रक्षासंगै समृद्धिको ढोका खोल्न राजपाको अजर्’नदृष्टि रहेको बताईएको छ । २ नम्बर प्रदेशको निर्वाचन पश्चात बृहत राजनीतिक सहकार्यको संखघोष ह’ने सहमहामन्त्री झाको ख’लाशा छ ।

‘दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनमा राजपाले सानदार जनमत सहित राजनीतिक संघर्षलाई संस्थागत गर्छ’ उनले भने ‘यो निर्बाचन पछि संसद र प्रदेशको निर्वाचनका लागि राजनीतिक रुपमा बृहत राजनीतिक मोर्चाबन्दी हुन्छ, यसै अनुसार अहिले सम्मका उपलब्धी परिवर्तनहरुको संस्थागत हुँदै देश र जनतालाई समृद्धि र विकासको युगमा प्रबेश गराईनेछ । ’