काठमाडौँ – सरकारले भदौ १६ गतेदेखित शर्तसहित नियमित अन्तरराष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको वैठकले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहित उडान खुला गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


 

सरकारका प्रवक्ता एवं सञ्चार तथा अर्थमन्त्री डा. युवराज खतिवडाकाअनुसार दैनिक बढीमा ५ सय यात्रुलाई सेवा दिने गरी उडान खुला गर्न लागिएको हो । यसका लागि संस्कृत, पर्यटन एवं नागरिक उड्ययन मन्त्रालयले दैनिक कार्यतालिका बनाउनेछ ।


ADVERTISEMENT

# # #


 

उडान खुलेपश्चात विदेशबाट नेपाली नागरिक र कुटनैतीक नियोगका कर्मचारीहरु नेपाल आउन पाउनेछन् । तीन दिनभित्र गरिएको कोरोनाको नेगेटिभ रिपोर्टसहित मात्र यात्रुले उडान गर्न पाउनेछन् भने उनीहरु काठमाडौं आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिने र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने शर्त सरकारले अघि सारेको छ ।

 

पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा भने चार्टर्ड उडान मात्र सञ्चालन गरिने जानकारी खतिवडाले दिए ।