काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५९ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १३४ जना, ललितपुरका १७ र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा १२० जना निको भएका छन् भने हालसम्म १७ हजार ७०० जना उपचारपछि निको भएका छन् ।

कुन जिल्लामा कति थपिए ? यहाँ क्लिक गर्नुहोस्

यस्तै गत २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ र बर्दियामा १–१ जना पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका १–१ जना महिला रहेका छन् ।

यसरी आजसम्म मृत्यु हुनेको संख्या १२० पुगेको छ ।