काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले कोरोना संक्रमणको जोखिम कम भए अशोजदेखि नै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


भारतको सरकारी कम्पनी कोंकन रेल्वे स्टेशनसँग दुईवटा डिजेल इलेक्ट्रोनिक मल्टिपल प्रणालीका रेल खरीद गरी विभागले जनकपुर–जयनगरस्थित ३५ किलोमिटरमा रेल सञ्चालन गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT

# # #


विभागले रेल सञ्चालनका लागि २ वर्षको लागि भारतबाट प्राविधिक कर्मचारी ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । मन्त्रिपरिषद्ले भारतीय प्राविधिक ल्याउन स्वीकृति दिइसकेकोमा त्यसको प्रक्रिया अघि बढाउँदै रेल निर्माता कम्पनी कोंकन रेल्वे स्टेशनमा पत्र पठाइएको विभागका महानिर्देशक बलराम मिश्राले बताए । उनकाअनुसार २६ जना भारतीय प्राविधिकहरु रेल सञ्चालनका लागि ल्याउने तयारी गरिएको छ । ‘रेल सेट तयार भएर विहारमा आइसकेका छन्, ट्र्याकबेड निर्माण भइसकेको छ कोरोना संक्रमणको जोखिम कम भए अशोजदेखि रेल सञ्चालन गर्ने गरी तयारी अघि बढाएका छौं,’ उनले बताए । यद्यपि, यसअघि पनि बारम्बार विभागले सञ्चालन मिति तय गरेपनि तोकिएको समयमै रेल सञ्चालन गर्न सकेको भने छैन ।