काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २०५ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १३८ जना, ललितपुरका ५० र भक्तपुरका १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


काठमाडौँमा पहिलो पटक एकैदिन २ सय बढी जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १६ जना कोरोना संक्रमित भेटिएका छन् । यो अहिलेसम्मकै उच्च संख्या हो । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा ८५ जना निको भएका छन् भने हालसम्म १७ हजार ५८० जना उपचारपछि निको भएका छन् ।

कुन जिल्लामा कति थपिए ? यहाँ क्लिक गर्नुहोस्

यस्तै गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका १–१ पुरुष र तनहुँका १ जना महिला रहेका छन् ।

यसरी आजसम्म मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।