काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६८ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये उनीहरुमध्ये काठमाडौंका १३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एपीएफ अस्पताल काठमाडौँमा काठमाडौँका ६ जना, विध ल्याबमा काठमाडौँका ६ जना, भक्तपुरका १ जना र ललितपुरका १ जना, वीर अस्पतालमा काठमाडौँका ११ जना, बी एन्ड बी प्रयोगशालामा ललितपुरका १ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै काभ्रेको धुलिखेल अस्पतालमा काठमाडौँमा २ जना, ह्याम्स अस्पताल काठमाडौँमा काठमाडौँका १६ जना, भक्तपुरका ३ जना, काठमाडौँ मेडिकल कलेजमा भक्तपुरका १ जना, काठमाडौँका ४ जना र ललितपुरका १ जनामा कोरोना देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका २० जना, ललितपुरका ३ जना र भक्तपुरका १ जना, वीरेन्द्रु अस्पतालमा काठमाडौँका ७ जना, सूर्या प्याथल्याबमा काठमाडौँ र भक्तपुरका १–१ जनामा कोरोना पाइएको छ ।

यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा ललितपुरका २७ जना, काठमाडौँका ९ जना र भक्तपुरका १ जना, सूर्या ल्याब काठमाडौँमा काठमाडौँका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका ७ जना र ललितपुरका ७ जना भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा काठमाडौँका २० जना, ललितपुरका ४ जना र भक्तपुरका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौँका ११ जना, भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

यस्तै नेपाल प्रहरी अस्पतालमा काठमाडौँका १७ जना र ललितपुरका १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका २ जना, काठमाडौँका ९ जना र ललितपुरका २ जनामा कोरोना देखिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ५८१ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा १६० जना निको भएका छन् भने हालसम्म १७ हजार ४९५ जना उपचारपछि निको भएका छन् । आजसम्म १०७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।