काठमाडौँ – उच्च अदालत पाटनले लगानी वोर्डका प्रमुखm कार्यकारी अधिकृत सुशील भट्टलाईको काम गर्न बाटो खोलेको छ । आइतवार न्यायाधीशद्धय ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई वोर्डको कार्यकारी हैसियतले काम गर्न बाटो खुला गरेको हो।


ADVERTISEMENT


‘अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिई रहन परेन, प्रस्तुत निवेदनको प्रकृति र विषयवस्तुको गाम्भीर्यका आधारमा छिटो निरुपण हुन उपयुक्त देखिएको छ,’ आदेशमा भनिएको छ ।


ADVERTISEMENT

# # #


सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ अनुसार लगानी वोर्डको सिईओका रुपमा भट्टको काम गर्ने योग्यता नपुग्ने र स्वच्छ छवि नभएको भन्दै अधिवक्ता जयबहादुर भुजेलले रिट निवेदन दायर गरेका थिए । त्यसपछि साउन २७ गते अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई तत्कालका लागि काम गर्न नदिन अल्पकालीन अन्तरिम आदेश जारीे गरेको थियो।