काठमाडौँ – नवीनतम विचारलाई उद्यमशीलतामा बदल्ने सोच बनाएका नेपाली युवापुस्तालाई लक्षित गरी आइडिया स्टूडियो नेपालले आयोजना गरेको कलेज आइडिया हन्ट २०२० का टप थ्री विजेता घोषित भएका छन् । आयोजकले भच्र्युल रुपमा उत्कृष्ट १० विचारलाई समेटेर गराएको प्रतिस्पर्धामार्फत निर्णायक मण्डलले टप थ्री विजेता घोषणा गरेको हो ।


ADVERTISEMENT


टप थ्रीमा लार्भ सोल्जर ग्रुपको लार्भा पालनसम्बन्धी आइडिया, टिम भर्नीको प्राङ्गारिक कृषिमलसम्बन्धी आइडिया र बडी लभ नेपाल ग्रुपको छालाको सुन्दरतासम्बन्धी आइडिया टप थ्रीमा परेका हुन् । आयोजकले टप थ्री विजेतालाई एक कार्यक्रम गरी नगद रु. १÷१ लाखका दरले पुरस्कृत गर्नेछ ।


ADVERTISEMENT

# # #


देशभरका विभिन्न कलेजबाट नवीनतम विचार भएका १०० बढी विद्यार्थी सहभागी प्रतियोगितामा सहभागीहरुले कृषि, प्रविधि र उत्पादन क्षेत्रसँग सम्बन्धित नयाँ उद्यमशीलतासम्बन्धी आइडियाहरु प्रस्तुत गरेका थिए । तीआइडियाबाट नेपाल विद्युतीय भुक्तानी प्रणाली कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा, मिस नेपाल २०१८ सृङखला खतिवडा र वल्र्ड वाल्डलाइफ फण्ड नेपालका महानिर्देशक रवि प्रताप सिँह रहेको ३ सदश्यीय निर्णायक मण्डलले विजेता छनोट गरेको हो ।