सुनसरी — जिल्ला विपद व्यवस्थापन समिति (डीसीसीएमसी) ले सुनसरी निषेधित क्षेत्रको अवधि एक साताका लागि बढाइएको छ । समितिले भदौ ७ गते राति १२ बजेसम्म जिल्लालाई निषेधित क्षेत्रको रुपमा कायम राख्ने आइतबारको बैठकले निर्णय गरेको हो ।


ADVERTISEMENT


सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलेकाअनुसार छिमेकी जिल्लाहरु झापा, मोरङ, उदयपुर, सप्तरीलगायतमा कोरोना संक्रमण बढिरहेको र खुला सीमाना रहेको भारत विहारमा पनि संक्रमण थपिरहेकोले तेस्रो पटक सुनसरीलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । ‘


ADVERTISEMENT

# # #