सिन्धुपाल्चोक — जुगल गाउँपालिका २ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएकामध्ये शनिबार साँझसम्म १८ जनाको शव फेला परेको छ ।


ADVERTISEMENT


साविकको गोल्चे गाबिसको लिदीका १३ घरका १८ जनाको शव पहिरोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । जिल्ला प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनकाअनुसार मृत्यु हुनेमा १० बालबालिकासहित ४ महिला र ४ पुरुष छन् ।


ADVERTISEMENT

# # #


पहिरोमा मृत्यु हुनेमा लिदी लामागाउँकी टिकामाया दोङ, छिरिङ दोङ, जिते झाँक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, प्रिती दोङ, कान्छी दोङ, धनमाया दोङ, रेमीश दोङ, माइला दोङ, मेकमाई दोङ, च्यामा दोङ, विमला दोङ, कबिर दोङ, लक्ष्मी दोङ र मानबहादुर दोङ छन् ।

अन्य बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित ५५ जनाको टोलीले साबेल, कोदालो प्रयोग गरी खोजिरहेको डिएसपी काफ्लेले बताए ।