काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६६८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ४७ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १४ हजार ४४८ जना रहेका छन् भने ८ हजार १९३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये १०२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । हालसम्म १७ हजार २०१ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो संख्या कूल संक्रमितको ६६.१ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १२४ जना निको भएका छन् ।