काठमाडौँ – सनराइज बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सरकारलाई करीब साढे ७९ लाख सहयोग गरेको छ । बैंकले शुक्रवार ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ सहयोग गरेको छ ।


ADVERTISEMENT


बैंक सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री युवराज खतिवडालाई शुक्रबार उक्त रकम हस्तान्तरण गरिन् । बैंकले यसअघि प्रदेश र स्थानीय तहलाई स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गरेको थियो ।


ADVERTISEMENT

# # #