काठमाडौँ – शुक्रवारसम्म २७ वटा मध्ये २५ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । कृषि विकाश बैंक र प्रभु बैंकले आइतवार आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरेकोमा हालसम्म प्रकाशित मध्ये ५ वटा बैंकले मात्रै अघिल्लो आवको तुलनामा वार्षिक नाफा बढाएका छन् । एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, एनसीसी बैंक, प्राइम बैंक र सेन्चुरी बैंकले तुलनात्मक नाफा बढाएकोमा अन्य सबैको नाफा घटेको छ ।


ADVERTISEMENT


कोरोना भाइरसको संक्रमणका कारण नेपालमा गरिएको ४ महीना लामो बन्दाबन्दीका कारण गत आर्थिक वर्ष २०७६÷७७ मा वाणिज्य बैंकहरुको नाफा घटेको हो । बैंकहरुको आम्दानीको मुख्य स्रोत कर्जाको ब्याज भएपनि नेपाल राष्ट्र बैंकले गत चैतमा बन्दाबन्दीका कारण चैतसम्म भुक्तानी गर्नुपर्ने ब्याजको सीमा असारसम्म सारेको र त्यसपछि पुनः बैंक किस्ताको समय अशोजसम्म थप गरिएकोमा त्यसको असर आम्दानीमा परेको बैंकहरुले बताएका छन् । ब्याज आम्दानीमा आएको कमीले प्रत्यक्ष रुपमा वित्तीय परिसूचक पनि प्रभावित भएको बैंकरहरूको भनाइ छ ।


ADVERTISEMENT

# # #