सिन्धुपाल्चोक — जुगल गाउँपालिका वडा नम्बर–२, लिदी लामागाउँको पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शबवफेला परेको छ । ११ जनाको शव शुक्रबार पहिरोले पुरिएको अवस्थामा फेला परेको र सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ र ४ महिनाका रेमिश दोङ रहेका छन्


ADVERTISEMENT

# # #


बर्खाले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा आहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका ५५ जनाको टोली मिलेर साबेल, कोदालोको भरमा बाँकी २७ जना बेपत्ता खोजी गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए ।