काभ्रे- काभ्रेका ५ नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकाले संयुक्त विज्ञप्ती जारी गर्दै एक साताको लागि सेवा बन्द गरेको जनाएका हुन् ।


ADVERTISEMENT


कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाको व्यापारिक केन्द्र बनेपाले अत्यावश्यक सेवा बाहेकका पसल, व्यवसाय समेत बन्द गर्न सूचना जारी गरेको छ । धुलिखेल नगरपालिकाले एक साताको लागि सेवा बन्द गर्दै धार्मिक स्थलमा हुने नित्य पूजा बाहेकका गतिविधीमा समेत रोक लगाएको छ ।


ADVERTISEMENT

# # #