काठमाडौ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भदौ १ देखि दोस्रो चरणको उद्धार उडान सुरु हुने भएको छ । नेपाल वायुसेवा निगमले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी अगष्ट १७ देखी ३१ सम्मको उद्धार उडाको तालिका सार्वजनिक गरेको होे । सरकारले उद्धार उडानको माध्यमबाट दैनिक ५ सयजनाको उद्धार गर्ने छ ।


ADVERTISEMENT


सो अनुसार दैनिक २ सय जना सरकारी खर्चमा नेपाल भित्रिने छन् भने ३ सय जना आफैं टिकट काटेर फर्कने बताईएको छ । बिहीबारसम्म ५० हजार ४ सय १३ जना नेपालीको उद्धार भईसकेको पनि कोरोना नियन्त्रण तथा रोकथाम केन्द्र (सिसिएसि) ले जनाएको छ । नेपाल फर्कन चाहने नेपालीहरु सम्बन्धित देशको दुतावासको सिफरिसमा आउन सक्ने जनाइएको छ ।


ADVERTISEMENT

# # #