काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, काठमाडौँले  उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै गएकाे भन्दै आजदेखि खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुसलगायत कुनै पनि भीडभाड हुने कार्यहरू निषेधित गरेको छ ।


ADVERTISEMENT


प्रशासनले  एक आदेश जारी गर्दै निषेधित गरेको जानकारी दिएको हो । यो आदेश शुक्रबार मध्यराति १२ बजेदेखि भदौ १५ गते १२ बजेसम्मको लागि भएको प्रशासनले उल्लेख गरेकाे छ । निषेधित आदेशको विपरीतका कुनै गतिविधि भएमा स्थानीय प्रशासन ऐनबमोजिम कारबाही गर्ने बताएको छ ।


ADVERTISEMENT

# # #