काठमाडौं – ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा फेरि रत्नराज बज्राचार्य दोस्रोपटक नियुक्त भएका छन् । शुक्रवार बसेको बैंकको संचालक समिति बैठकले बज्राचार्यलाई चार वर्षका लागि नियुक्त गरेको हो ।


ADVERTISEMENT


पहिलोपटक ग्लोबल आइएमई बैंकको नेतृत्व सम्हाल्दा बैंक व्यवस्थापनमा सफल देखिएका उनी यसअघि सनराइज बैंकको ४ वर्षीय कार्यकाल सम्हालेर बाहिरिएका थिए । नेपाल राष्ट्र बैंकमा २० वर्ष काम गरेका बज्राचार्यसँग एनसीसी बैंकको नेतृत्व सम्हालेको अनुभव छ भने उनी चार्टड अकाउन्टेट पनि हुन् ।


ADVERTISEMENT

# # #