पोखरा- गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका २० र स्याङजाका १ जनामा संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


संक्रमित सबै तनहुँको भानु नगरपालिका १ नम्बर वडाका बासिन्दा हुन् । संक्रमित मध्ये १४ पुरुष र ६ महिला छन् । स्याङजाका १ संक्रमित पुतलीबजार नगरपालिका वडा नम्बर १ का ३९ बर्षीय पुरुष हुन् । सबै संक्रमित ब्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।


ADVERTISEMENT

# # #