काठमाडौं । नबिल बैंकले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसर पारेर साना तथा मझौला व्यवसाय (एसएमई) ऋण उपलब्ध गराउने भएको छ । ७.९९ प्रतिशतमै १५ लाखदेखि १० करोड रुपैयाँसम्म पाइने बैंकले जनाएको छ । उक्त ऋणको ब्याजदर १ वर्षसम्म नबढ्ने समेत बताईएको छ ।


ADVERTISEMENT


विभिन्न पसल, साना तथा मझौला उद्योग, कृषि उत्पादनसम्वन्धी उद्योग तथा व्यवसाय, स्वदेशी हस्तकला तथा गार्मेन्टलगायत सबैजसो उद्योग व्यवसाय गर्नेहरु सो ऋणबाट लावन्बित हुन पाउने छन् ।


ADVERTISEMENT

# # #


साना तथा मझौला उद्योगका लागि आवश्यक उपकरण किन्न बैंकले दिने ऋणको चुक्ता अवधि ५ देखि ७ वर्षेसम्मको रहने छ ।

बैंकलाई चित्तबुझ्दो व्यवसाय भएमा सो नै धितोका रूपमा राखेर पनि ऋण दिन समेत सकिने बैंकले जनाएको छ ।

ऋण लिनका लागि यस्ता चाहिन्छन् कागजपत्रहरु

१. कम्पनी दर्ताको प्रमाणपत्र, प्यान, प्रबन्धपत्र तथा नियमावली, प्रमुख शेयरधनीको नागरिकता प्रतिलिपि तथा ३ पुस्ते विवरण, बिजनेस प्लान, व्यवसायको उत्पादन तथा आम्दानीको विवरण खुल्ने कागजातपत्र बुझाउनुपर्दछ ।

२. धितोका रूपमा कम्पनी वा शेयरधनीको घर, जग्गा वा कुनै सम्पत्तिको प्रमाणित कागजपत्र वा व्यवसायबाट हुने आम्दानीको स्रोत खुल्ने कागजात ।