काठमाडौं । नबिल बैंकले सेवाको ३६ औं वार्षिकोत्सवका अवसरमा आकर्षक नयाँ योजना ल्याउने तयारी गरेको छ । नबिलले ग्राहकहरुका लागि वार्षिक ७.९९ प्रतिशत ब्याजदरमै उपलब्ध हुनेगरी ऋण उपलब्ध गराउने भएको हो ।


ADVERTISEMENT


बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठका अनुसार जग्गा किन्न, घर किन्न अथवा भएको जग्गामा घर बनाउन, घर मर्मत र सम्भार गर्न, बसोबासका लागि फ्ल्याट किन्न ऋण दिईने छ ।


ADVERTISEMENT

# # #


न्यूनतम ७ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म पाईने ऋण ३५ वर्षसम्म किस्ता तिर्दै घटाउन सकिने श्रेष्ठले जानकारी दिएकी छन् । तोकिएको व्याजदर एक वर्षसम्म नबढ्ने समेत बैंकले जानकारी दिएको छ ।

यस्ता छन् ऋणका विशेषताहरु : 

  • ऋण लिँदा तोकिएको ब्याजदर १ वर्षसम्म नबढ्ने, साथै केही महिनापछि अहिले ग्राहकले लिएको ७. ९९ प्रतिशत ब्याजदर थप घट्न सक्ने ।
  • ऋण लिइसकेपछि ३५ वर्षसम्म किस्ता तिर्दै घटाउन सकिने ।
  • न्यूनतम ७ लाखदेखि ५ करोड रुपैयाँसम्मको कर्जा पाइने ।
  • प्रशासनिक खर्चबापत नेपाल राष्ट्र बैंकले तोकेको ०.७५ प्रतिशत मात्रै शुल्क लाग्ने । योबाहेक अन्य शुल्क नलाग्ने ।
  • मालपोत तथा कागजातका लागि र भ्यालुएटरका लागि खर्च लाग्न सक्ने । बैंकका सबै शाखाबाट ऋण लिन सकिने ।
  • बैंकबाट घर, जग्गाको ऋण लिनेले सोको कागजपत्र धितो राख्ने वा जग्गा भए जग्गाको लालपुर्जा र चार किल्ला प्रमाणित कागजपत्र धितो राख्नुपर्नेछ ।
  • जग्गाको नक्सा प्रिन्ट भने बैंकले नै निकालिदिने ।
  • बनेको घर किन्नका लागि जग्गाको लालपुर्जासहित घरको नक्सापास, इजाजतपत्र, निर्माण सम्पन्नको कागजात, ऋणीले आफ्नो आम्दानीको स्रोत खुल्ने प्रमाणित कागज पनि बैंकमा बुझाउनुपर्नेछ ।
  • प्रक्रिया अघि बढेको ३–४ दिनमै ऋण स्वीकृत हुने, नहुनेबारे निर्णय दिइने ।
  • भ्यालुएटरले तय गरेको मूल्यमा ६० प्रतिशतसम्म र पहिलो पटक घर वा जग्गा किन्नेलाई ७० प्रतिशतसम्म ऋण प्रदान हुने ।
  • अब एसएमई लोन पनि ७.९९ प्रतिशतमै पाइन्छ ।

ऋण लिन यस्ता चाहिन्छन् कागजपत्रहरु : 

१. कम्पनी दर्ताको प्रमाणपत्र, प्यान, प्रबन्धपत्र तथा नियमावली, प्रमुख शेयरधनीको नागरिकता प्रतिलिपि तथा ३ पुस्ते विवरण, बिजनेस प्लान, व्यवसायको उत्पादन तथा आम्दानीको विवरण खुल्ने कागजातपत्र बुझाउनुपर्दछ ।

२. धितोका रूपमा कम्पनी वा शेयरधनीको घर, जग्गा वा कुनै सम्पत्तिको प्रमाणित कागजपत्र वा व्यवसायबाट हुने आम्दानीको स्रोत खुल्ने कागजात ।