काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३७ वटा प्रयोगशालामा १० हजार ४८१ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १४ हजार ८४६ जना रहेका छन् भने ७ हजार ६१३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ९१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । हालसम्म १६ हजार ७२८ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कूल संक्रमितको ६८.४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ६४ जना निको भएका छन् ।