काठमाडौँ – उच्च अदालत पाटनले हालै मात्रै नियुक्त भएका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई काममा नलाउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।


ADVERTISEMENT


भट्टको नियुक्ति गैरकानुनी भएको भन्दै परेको रिटको सुनुवाईमा मंगलबार पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । साथै अदालतले भट्टलाई लगानी बोर्डको सीईओका रुपमा कामकाज नगर्न समेत आदेश दिएको छ ।


ADVERTISEMENT

# # #


अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

यसअघि गत सोमबारको मन्त्रिपरिषद बैठकले भट्टलाई ४ वर्षका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको छनोट समितिले भट्ट, रामकृष्ण खतिवडा र डा सरोज कोइरालाको नाम सिइओका लागि सिफारिस गरेको थियो।