काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३७ वटा प्रयोगशालामा १० हजार ४६२ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा ११ हजार ५८ जना रहेका छन् भने ७ हजार २०१ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ८३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । हालसम्म १६ हजार ६६४ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कूल संक्रमितको ६९.६ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १७१ जना निको भएका छन् ।