मोरङ — मोरङ जिल्ला अदालतका एक न्यायाधीशसहित ९ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशमा संक्रमण पुष्टि भएपछि ३ दिनका लागि अदालत बन्द हुने भएको छ ।


ADVERTISEMENT


कोरोना संक्रमण फैलिँदै गएपछि महानगरले सेवा प्रदायक सरकारी कार्यालयका कर्मचारीको स्वाब संकलन गरी परीक्षण गराउने क्रममा न्यायाधीशमा संक्रमण पुष्टि भएको महानगरका जनस्वास्थ्य महाशाखाका मोहम्मद हैदर अलीले बताए ।


ADVERTISEMENT

# # #


अदालतका न्यायाधीशसहित चार जना कर्मचारीको स्वाब परीक्षण गराउँदा न्यायाधीशमा संक्रमण पुष्टि भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए । न्यायाधीशमै संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीको स्वाब परीक्षण र अदालतलाई सेनिटाइज गर्नका लागि सबै सेवा ठप्प गरी तीन दिन अदालत बन्द गर्ने निर्णय गरिएको उनले बताए ।