काठमाडौँ – आन्तरिक वायु सेवाको अग्रणी निजी कम्पनी बुद्ध एयरले जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर आन्तरिक उडान सुचारु गर्नुपर्ने बताएको छ ।


ADVERTISEMENT


शुक्रबार एक विज्ञप्ती जारी गर्दै बुद्ध एयरले हाल यात्रुहरु अत्यावश्यक कामले गर्दा दशौँ हजार पैसा खर्च गरेर असुरक्षित तरिकाले यात्रा गरिरहेको र यसले झन् कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढाएकाले आन्तरिक वायु सेवा सुचारु गर्नुपर्ने बताएको हो ।


ADVERTISEMENT

# # #


कोभिड–१९ को चेकजाँचको दायरा फराकिलो बनाउँदै असुरक्षित तरिकाले यात्रा गर्न बाध्य यात्रुहरुलाई सहज यात्रा गराउन राज्यको दायित्व भएको भन्दै कम्पनीले यात्रुलाई यात्रा गर्नबाट रोक्नु मौलिक अधिकारको हनन् भएको समेत टिप्पणी गरेको छ ।

‘यात्रुहरुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हन्न गर्नु हो । तसर्थ यात्रालाई सहज बनाउँदै, कोभिड–१९ को चेकजाँचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो ।’ कम्पनीले भनेको छ, ‘संक्रमित व्यक्तिसँग असुरक्षित तबरले घण्टौँ यात्रा गर्दै संक्रमण फैलिनु स्वभाविक हो । पछिल्लो समय काठमाडौँ उपत्यका तथा देशभित्र दिनहुँ संक्रमित बढ्नुमा यो नै मुख्य कारण हो ।’

बुद्ध एयरले कोभिड–१९ विरुद्ध सुरक्षा निर्देशिका बनाएर पूर्व अभ्यास समेत गरिसकेको भन्दै कम्पनीले विषम् परिस्थिततिमा सस्तो र सुरक्षित हवाई यात्राका लागि भाडा दर समेत घटाएको जानकारी दिएको छ ।

हरेक यात्रुलाई पहिचान गर्न एकद्वार प्रणाली अपनाउँदै ‘कम्प्युटर सिस्टम’ समेत अपडेट गरिएकाले यसले संक्रमित भएमा कन्ट्याक्ट ट्रेसिङमा पनि राज्यलाई सहज हुने कम्पनीले बताएको छ ।