काठमाडौं- लेबनानको बेरुत घटनापछि सरोकारवालाले विश्वका कुनैपनि मुलुकले मानव बस्ती नजिकै रसायन उत्पादन एवं भण्डारण गर्न नहुने जनाएका छन् । बेरुत घटनापछि प्रज्वलनशील पद्धार्थ एवं रसायन भण्डारको सुरक्षाप्रति विश्व समुदाय नै चिन्तित बनेका हुन् ।

विशेषगरी अहिले अष्ट्रेलियाको सिड्नीमा मानव बस्ती नजिकै रहेको रसायन उत्पादन एवं भण्डारण उद्योग अन्यन्त्र सार्नुपर्ने बारे बहस सुरु भएको रोयटर्सले जनाएको छ ।


ADVERTISEMENT


सिड्नीको उत्तरी क्षेत्र न्यूक्यासलस्थित बन्दरगाहमा ६ हजार देखि १२ हजार टन क्षमताको एमोनिया नाइट्रेट ग्यास उत्पादन एवं भण्डारण उद्योग रहेको छ । त्यहाँ प्रत्येक वर्ष ४ लाख टन भन्दा बढी अमोनिया नाइट्रेट उत्पादन हुने गरेको छ ।


ADVERTISEMENT

# # #


सरोकारवालाले त्यस्ता भण्डारणले जुनसुकै बेला भयावह रुप लिन सक्नेतर्फ सचेत गराएका छन् । तर, अष्ट्रेलियाली सरकारले भने आफ्नो मुलुकमा रहेका रसायन उत्पादन गर्ने उद्योगहरु र भण्डारण स्थल सुरक्षित रहेको दाबी गरेको छ ।