काठमाडौं । सरकारले भारत सरकारका तर्फबाट आफ्नो दूताबासमार्फत साना परियोजनामा गर्ने लगानीलाई थप तीन वर्ष समय थप गरेको छ ।


ADVERTISEMENT


सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाका अनुसार गत सोमबारको मन्त्रिपरिषद बैठकले नेपाल स्थित भारतीय राजदूताबास मार्फत हुने कार्यक्रमलाई सन् २०२३ को अगष्टसम्म निरन्तरता दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


२०६५ सालदेखि सरकारले साना विकास परियोजना (एसडिपी) कार्यक्रममार्फत साना आयोजनाहरुमा भारत सरकारसंग सहकार्य गरिरहेको छ ।

सुरुमा तीन करोडसम्मका आयोजनाहरु दूतावासमार्फत चलाउन दिने गरी सम्झौता भएको कार्यक्रमलाई डा. बाबुराम भट्टरराई प्रधानमन्त्री भएका बेला ५ करोड पुर्याइएको थियो । यस्तै, २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पनि उक्त कार्यक्रमलाई ३ वर्ष म्याद थप गरेर सञ्चालन गरिएको थियो ।सो कार्यक्रमको पछिल्लो पटक थपिएको म्याद आगामी अगष्ट ५ मा सकिँदैछ ।

सो कार्यक्रम मार्फत भारत सरकारले नेपालका बिभिन्न साना परियोजनाहरुमा काम गरेर सहयोग गरिरहेको छ ।