बझाङ – प्रहरीले बझाङमा तास खेलिरहेको अवस्थामा ४५ हजार नगदसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले जयपृथ्वी नगरपालिका–१० चैनपुर बजारस्थित घन बहादुर शाहीको पसलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ बस्ने शाही समेत ८ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।


ADVERTISEMENT


उक्त पसलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ जोर तास र ४५ हजार रुपैयाँ नगद सहित फेला पारी पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।