काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २९ वटा प्रयोगशालामा ६ हजार ३५९ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् भने ६ हजार १७४ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ६० जनाको मृत्यु भएको छ । पछ्लिलो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । हालसम्म १५ हजार १५६ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कूल संक्रमितको ७०.८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १३० जना निको भएका छन् ।