काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षकमा विकास मल्ल चयन भएका छन् । मल्ललाई मंगलबार अखिल नेपाल फूटबल संघ (एन्फा)को प्राविधिक कमिटिले गोलकिपर प्रशिक्षक बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


पूर्व राष्ट्रिय खेलाडी मल्ल आफ्नो पालाका एक उत्कृष्ट गोलकिपरको रुपमा चिनिन्छन् । नेपाल आर्मीका गोलकिपर तथा पूर्वकप्तान समेत रहेका उनले राष्ट्रिय टिममा सन् २००५ देखि २०१३ सम्म गोलकिपरको भूमिका निभाएका थिए । मल्ले एसियन फुटबल कन्फेडेरेसन (एएफसी)को ‘लेभल १ गोलकिपिङ कोचिङ’को मान्यता पाएका छन् । उनले एएफसी ‘सी’ लेभल कोचिङ लाइसेन्स र फिफाको ‘एमए’ प्रमाणपत्र पनि हासिल गरेका छन् ।


ADVERTISEMENT

# # #


मल्लले जाइकाको स्वयम्सेवकका रुपमा टिमलाई सहयोग गरिरहेका जापानका हिरो मित्सुमारुलाई प्रतिस्थापन गरेका छन् । मल्लले २०२२ को फिफा विश्वकप कतार र २०२२ कै एएफसी एशियन कपको संयुक्त छनोट प्रतियोगिताको दोस्रो चरणमा नेपाली टिमलाई गोलकिपिङ प्रशिक्षण दिनेछन् ।

नेपालले चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनलाई त्रमशः अक्टुबर ८, अक्टुबर १३ र नोभेम्बर १२ मा निमन्त्रणा गर्दैछ ।