काठमाडौँ– दिपक राज गिरी तथा दिपाश्री निरौलाद्वारा निर्माण गरिएको फिल्म ‘छक्कापञ्जा-२’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । आज अपरान्ह साईत मिलाएर युट्युबमार्फत रिलिज गरिएको हो ।


ADVERTISEMENT


अघिल्लो वर्ष बक्स अफिसमा सबैभन्दा बढी नाफा कमाएको फिल्म ‘छक्कापञ्जा’को सिक्वेल स्वरुप ‘छक्कापञ्जा २’ निर्माण गरिएको हो । ट्रेलरमा दिपकराज गिरि फेरिपनि राजाको भूमिकामा देखिएका छन् भने फिल्ममा केही नयाँ पात्र पनि देखिएका छन् ।


ADVERTISEMENT

# # #


यसअघि फिल्ममा समावेश दुबै गीत चोरिएको भनेर विवादमा आएका थिए । कार्यकारी निमार्ता विकास आचार्य रहेका छन् भने फिल्ममा केदार घिमिरे, जितु नेपाल लगायतको पनि लगानी रहेको छ ।

दिपा श्री निरोलाद्वारा निर्देशित फिल्ममा दिपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’, बुद्धि तामाङ, गौरब पहारी, प्रियंका कार्की, स्वष्तिमा खड्का, वर्षा राउत किरण केसी लगायतको अभिनय रहेको छ ।

संगीत किरण कंडेल र अलमुडा राना उप्रतीको रहेको छ भने फिल्म दिर्घ गुरुङले खिचेका छन् ।

ट्रेलर हेर्नुस्