काठमाडौं –  सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार २ सय ५७  पुगेको छ । हिजो ७४ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार २ सय ५७ पुगेको हो ।


ADVERTISEMENT


हालसम्म दुई हजार नौ सय ७३ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै ११ सय १ जना छन् ।


ADVERTISEMENT

# # #


यस्तै अछाममा ६६७, बैतडीमा ३०९, बझाङमा १७४, बाजुरामा ४४९, डडेलधुरामा २९९ दार्चुलामा २१, डोटीमा ७१५ र कञ्‍चनपुरमा ५२२ जनामा संक्रमण देखिएको छ । प्रदेशभर ३ हजार १ सय १८ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।