काठमाडौँ – कर्णाली प्रदेशमा गत २४ घण्टाममा ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । जसमध्ये २६ पुरुष र ४ जना महिला रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयागशामा गरिएको परीक्षणमा सुर्खेतका ५ र सल्यानका १ जनामा कोरोना देखिएको छ । जसमध्ये सुर्खेतको भेरिगंगा नगरपालिकाका ३ जना पुरुष र चौकुने गाउँपालिकाका २ महिला तथा सल्यानको छत्रेश्वरी गाउँपालिकाका २ महिला रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका २४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये आठबीस नगरपालिकाका २ महिला, ४ र १ वर्षीय बालकसहित १० जना पुरुष गरी १२ र महाबु गाउँपालिकाका ११ पुरुष र डुंगेश्वर गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १८१३ पुगेको छ । जसमध्ये १५५२ जना उपचारपछि निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ । कर्णालीमा सक्रिय संक्रमितको संख्या २५५ रहेको छ ।

यस्तै गत २४ घण्टामा प्रदेश अस्पताल सुर्खेतबाट ४ जना र गुर्भाकोट आइशोलेसन सुर्खेतबाट २ जना गरी ६ जना डिस्चार्ज भएका छन् ।