चितवन — नारायणगढदेखि १५ किलोमिटर पर भरतपुर महानगरपालिका–२९ मा पर्ने नारायणगढ–मुग्लिन सडकको लामुबालुवा पुलनजिक मंगलबार राति पहिरो खसेको छ । पहिरोका कारण यातायात ठप्प भएको छ ।


ADVERTISEMENT


सोही सडकको कालीखोलामा सोमबार बिहान गएको पहिरो हटाएर मंगलबार दिउँसोदेखि एकतर्फी गाडी चल्न सुरु गरेका थिए । ठूलो पहिरो खसेका कारण बुधबार दिनभर सडक ठप्प हुने सम्भावना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


अविरल वर्षाका कारण सडकहरु ठाउँ ठाउँमा क्षतिग्रस्त छन् । राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग ठप्प भएका कारण अन्य वैकल्पिक मार्ग रोज्न प्रशासनले यात्रुलाई अनुरोध गरेको छ ।