चितवन- नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चारकिलोमा आज बिहानै पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । बिहान चार बजे तिर कालिखोलामा खसेको पहिरोले सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको हो ।


ADVERTISEMENT


ठुलो पहिरो खसेकाले आज दिनभर जसो सडक अवरुद्ध हुन सक्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । लगातार पहिरो झरीरहेको र पानी पनि परी रहेका कारण पहिरो हटाउने काम सुरु हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


उपकरणहरु तयारी अवस्थामा राखिएपनि पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी शिव खनालले बताउनुभयो । पहिरो पन्छाउन समय लाग्ने भएपछि अत्यावश्यक यात्रा गर्नुपरे अन्य सडकको विकल्प खोज्न प्रमुख जिल्ला अधिकारी भट्टराईले आग्रह गर्नूभएको छ ।