काठमाडौं – एएफसी एसियन कप २०१९ को छनोट अन्तर्गत नेपाल र ताजिकिस्तानबीच आज भएको खेलमा नेपाल पराजित भएको छ ।


ADVERTISEMENT


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ताजिकिस्तानले पहिलो हाफमा नेपालविरूद्ध २ गोल गरेको थियो । २६ औं मिनेटमा पहिलो गोल खाएको नेपालले त्यसको चार मिनेटपछि नै अर्को गोल खान पुगेको थियो । कर्नर प्रहारलाई झालिलोभ मानुचेहरले पोष्टको दिशा दिएका थिए । ३० औं मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउदै भासिभले ताजकिस्तानको अग्रता दोब्बर बनाए ।


ADVERTISEMENT

# # #


यता नेपालका विमल घर्ती मगरले दास्रो हाफमा गोल फर्काएर नेपाललाई २ १को स्थितिमा पुर्याए। उनले ६१ औं मिनेटमा गोल गरेका थिए । फेरि अर्को गाल गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो ।

एएफसी सोलिडारिटी कप जितेको हैसियतमा एएफसी एसियन कपको छनोट खेल खेलिरहेको नेपालको यो तेस्रो खेल थियो । एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । होम एण्ड अवेका आधारमा चल्ने छनोटमा नेपालले यसअघि दुई खेल खेलिसकेको छ ।

नेपालले पहिलो खेल फिलिपिन्ससँग ४–१ गोलअन्तरले हार ब्यहोरेको थियो । दोस्रो खेलमा भने नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अंक बटुलेको थियो । यता, अंकविहीन ताजिकिस्तानले यही खेलबाट २ अंक जोडेको छ । उसले यसअघिका दुवै खेल गुमाएको थियो ।

ताजिकिस्तान नेपाल भन्दा बलियो टोली हो । ताजिकिस्तान फिफा बरियतामा १५१ औं स्थानमा रहेको छ भने नेपाल १६९ औं स्थानमा रहेको छ ।

छनोट अन्तर्गत समूह एफ मा रहेको नेपालले अवे खेल १० अक्टोबरमा ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । त्यसपछि नेपालले आगामी १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्नेछ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।