काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मानिसमा परीक्षण शुरु भएको छ । भारतको हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजका अनुसार शुक्रबार भारतको पीजीआई रोहतकमा उक्त खोपको मानिसमा परीक्षण शुरु गरिएको हो ।


ADVERTISEMENT


भारत बायोटेक कम्पनीले निर्माण गरेको उक्त खोप यसअघि मुसा र खरायोमा परीक्षण गरिएको थियो । उक्त परीक्षण सफल भएको बताइएको छ ।


ADVERTISEMENT

# # #


यो परीक्षण सफल भएपछि अहिले मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण शुरु भएको हो । यो परीक्षणमा सहभागी मानिसहरुमा खोपको कुनै पनि किसिमको नराम्रो प्रभाव नदेखिएको स्वास्थ्यमन्त्री अनिलले बताएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले समग्र विश्वभर फैलिएको छ ।

स्रोत : बीबीसी