पथरी, मोरङ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले वडा न १९ का बाढीपीडतका लागि घर बनाइदिने भएका छन् ।


ADVERTISEMENT


उनले क्षेत्र नं ६ को वडा नं १९ का विपन्न २० बाढीपीडितको घर बनाइदिने घोषणा गरेका हुन् । काँग्रेस १९ नं वडा समितिले आज आयोजना गरेको राहत वितण कार्यक्रममा जनता आवास कार्यक्रमका पूर्वअध्यक्ष अर्यालले सो कार्यक्रमअन्तर्गत घर बनाउन सहयोग गर्ने घोषणा गरेका हुन्। अर्यालकै पहलमा मोरङमा ७५७ घर निर्माण सकिएको छ भने मोरङ क्षेत्र नं ५ को रङ्गेली नगरपालिकााम अवस्थित आँपगाछीको मुसहर बस्तीमा करिब सय घर निर्माण भइरहेको छ ।


ADVERTISEMENT

# # #


जनता आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका मोरङ र सुनसरीका सरदार र बाँतर समुदायलाई सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले घर बनाउन रकम उपलब्ध गराएको थियो । सांसद अर्यालले विराटनगर–१९ का बाढीपीडितलाई आज करिब रु तीन लाख बराबरको चामल, भुजा, चिउरा, दाल, तेल, नून र झुल वितरण गरेका थिए ।

कार्यक्रममा नेपाल तरुण दल मोरङका सभापति सञ्जय थापा, काँग्रेस नेता त्रिलोचन रिजाल, वसन्त हुमागाईं, सन्तनु रेग्मी, सुबोध निरौला, महानगर उपप्रमुख इन्दु कार्कीलगायतले करिब २०० बाढीपीडितलाई राहत सामग्री वितरण गर्नुभयो । अमेरिकामा बस्दै आएकी सुमना दवाडीको अगुवाइमा त्यहाँ रहेका नेपालीले संकलन गरेर पठाएको रकमबाट राहत सामग्री ल्याइएको कार्यक्रमका नेपालतर्फका संयोजक प्रदीप खतिवडाले बताउनुभयो । रासस