काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप-प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सीईओको जिम्मेवारी पाएका हुन् ।
संचालक समितिको बैठक बाट उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो । यससँगै उनले साउन १ गतेबाट लागू हुने कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् ।


ADVERTISEMENT


प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका थिए ।


ADVERTISEMENT

# # #