हरिप्रिया– प्रकाश फाउण्डेसनले तराईका बाढी पीडितलाई राहत वितरण गरेको छ । फाउण्डेसनले १० लाख बराबरको राहत सामग्री पीडितलाई वितरण गरेको हो ।


ADVERTISEMENT


१० लाखमध्ये फाउण्डेसनले आज सप्तरीका लागि रु २ लाख बराबरको खाद्यान्न कांग्रेस महामन्त्री शशांक कोइराला मार्फत नेपाल तरुण दल केन्द्रिय समितिलाई हस्तान्तरण गरेको छ । उक्त २ लाख बराबरको खाद्यान्नमा चामल, पिठो, चिउरा तेल, साबुन लगायतका सामग्री सयौँ परिवारलाई पुग्ने गरी प्रदान गरिएको छ ।


ADVERTISEMENT

# # #


तरुण दलले सो राहत सामग्री सप्तरीमा वितरण गरेको छ । सप्तरी जिल्लाका सांसद रञ्जित कर्णले राहत वितरणका लागि फउण्डेसनले सप्तरी जिल्लालाई चयन गरेकोमा प्रशंसा गरेका छन् ।

यसअघि फण्डेसनले नेपाल पत्रकार महासंघ अध्यक्ष गोविन्द आचार्य मार्फत १ लाख बराबरको राहत सामग्री वितरण गरेको थियो भने १ लाख २० हजार नेविसंघ मार्फत तथा ४ लाख रुपैयाँ बराबरको सामग्री नेपाली कांग्रेस कैलाली र रेडक्रस मार्फत बितरण गरेको थियो ।

यस्तै सुदूर पश्चिम गौरा समाज मार्फत फाउण्डेसनले ६० हजार बराबरको राहत वितरण गरेको थियो । प्रधानमन्त्री शेर बहादर देउवाले बाढी पीडितका लागि १० लाख बराबरको राहत सामग्री प्रदान गरेकोमा हरिप्रिया– प्रकाश फाउण्डेसनका अध्यक्ष क्षितिज भण्डारीलाई सम्मानित गरेका छन् ।